कालेबुङ: कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत सोमबारे बजारमा प्रत्येक वर्ष मनाइने दिई हाल भाउज्यु पर्वको छुट्टै विशेषता रहेको छ। विश्वभरि छरिएर बसेका गोर्खाहरू कसैले पनि कुनै पनि ठाउँमा यो पर्व मनाउँदैनन्।गोरूबथानको यसै मौलिक सांस्कृतिक उत्सव “दिइहाल भाउजू हाट उत्सव” -लाई भव्य रूपले मनाउने तयारी भइरहेको छ। यस उद्देश्यलाई साकार रूप दिन आयोजना समिति गठन गरिएको छ। गठित समितिको दोस्रो सभा सोमबारे बजारको न्यू स्पोर्टिङ क्लब भवनमा सम्पन्न भयो निशानदास राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा गोरुबथानमा आयोजना गरिने विविध सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित र नियमित रूपले अघि बढाउने एउटा भरपर्दो सांस्कृतिक संस्थाको महत्त्वलाई बोध गरेर गोरुबथान सांस्कृतिक संरक्षण समिति पनि गठन गरिएको छ। यस संस्थाले नै यसपालिको दिइहाल भाउज्यू उत्सव आयोजन गर्ने सभामा प्रस्ताव ग्रहण गरिएको सौराज राईले दिएका छन्।
सभामा आयोजनाको निम्ति पूर्णाङ्क समिति गठन गरियो। जसमा अध्यक्ष श्याम थापा, उपाध्यक्ष प्रदेश राई, हेमन्त गुरुङ, राजु मिजार, विनोद गौतम, सचिव लेनिन राई, सहसचिव सञ्जीब राई, शीशिरचन्द्र राई, ताबरज हैदर, भगत कुलुङ राई कोषाध्यक्ष देवराज सुन्दास अनि सह-कोषाध्यक्ष प्रणय गुरुङ , प्रचार प्रसार सचिव सौराज राई, संयोजक रुस्तम शर्मा, सञ्जय प्रधान, संरक्षक सभासद् रतन थापा, गोरूबथान खण्ड पञ्चायत समिति अध्यक्ष सूर्यमणि राई, मुख्य सल्लाहकार विलियम फिपन सोल्टी र सुवास सोताङ, सल्लाहकार गोपाल योञ्जन, गोविन्द परियार, निशानदास राई, भोटु दर्नाल, मेघनाथ राई, काशीराम प्रधान, विजय ब्लोन , बसन्त गुरुङ, निमा तामाङ, शिशिर प्रधान, ओमप्रकाश कार्की, कमल राणा, बब्रु बहन राणा, पुरण राई , विनोद लामा, रतन राई, देवप्रकाश राई, बाबुराम प्रधान, देवन राई , मिडिया सल्लाहकार तरुण राई, रूद्र कार्की, सुषमा तामाङ निर्दोषिका अनि मिडिया संयोजक पुरण मगर, योगेश राई बाछाना, तुफान सुब्बा, धनबहादुर मुखिया, महेश्वर प्रधान, सागर राई, विश्वदीप प्रधान, दिप्ती विश्व , कार्यकारिणी सदस्य एमबी साम्पाङ, असिम राई, प्रेमकुमार मुखिया, राजकुमार राई, बानु राई, अमिना राई, रिकाश तामाङ, मिरोज राई, सुनिता तामाङ आदि रहेका छन्।दिइहाल भाउज्यू हाट उत्सवलाई दुई चरणमा आयोजन गरिनेछ। पहिलो चरणमा बिहान बजारमा दिइहाल भाउज्यू हाटको मौलिक कार्यक्रम मारुनी टोली, मादले, डम्फुरेहरूद्वारा पारम्पारिक ढङ्गमा कार्यक्रम गर्नेछन्। दोस्रो चरणमा गोर्खा सांस्कृतिको झलकमा तयार पारिएको मञ्चमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ। जसमा लोकगीत प्रतियोगिता, देउसे, भैलोलगायत गोर्खा जातिको लोक सांकृतिसित आबद्ध रहेका कार्यक्रमहरू प्रस्तुत गरिने निर्णय लाइएको प्रचार-प्रसार सचिव राईले जनाएका छन्।