लाखौँ रुपियाँको प्रतिबन्धित कफ सिरप सहित दुइजना पक्राउ

IMG-20231102-WA0208.jpg

सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रधान नगर थाना पुलिसले बिजुली विभागको बोर्ड लगाएको एउटा वाहनबाट अधिक मात्रामा प्रतिबन्धित कफ सिरप जफत गर्नको साथै घटनामा दुईजनालाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू इस्लामपुर निवासी दुलाल चौधरी (४०) र दिलीप दास (४६) सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी र प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा सिलगढीको चम्पासरीस्थित सर्किट हाउस संलग्न इलाकामा गत राति अभियान चलाएर पश्चिम बंगाल सरकारको बिजुली विभागको बोर्ड लगाएको डब्ल्यु बि ९१ ३३१४ नम्बर भएको एउटा वाहनलाई रोकेर छानबीन गर्दा सात कार्टुन प्रतिबन्धित कफ सिरप उद्धार गरेको बताइएको छ।

जफत गरेको प्रतिबन्धित कफ सिरपको अनुमानित बजार मूल्य ५ लाख रुपियाँभन्दा अधिक रहेको छ। वाहनमा बिजुली विभागको बोर्ड लगाएको सम्बन्धमा पुलिसले छानबीन शुरू गरेको छ। प्रतिबन्धित कफ सिरप तस्करी गर्नको लागि बिजुली विभागको बोर्ड लगाएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement