गान्तोक: भुटानको साम्त्से जिल्लाका गवर्नर मिन्जुर दोर्जीले बुधवार सॉंझ मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे।
यस भेट अवधि गभर्नरले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको तर्फबाट हालै भएको विपद्बाट प्रभावित परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे।
गभर्नरले मुख्यमन्त्रीको सम्मानमा भुटानका राजाले पठाएको उपहार पनि प्रदान गरे। मुख्यमन्त्री तामाङले भुटानका राजाको स्वास्थ्यको बारेमा जानकारी लिए अनि सिक्किम र राज्यका जनताको लागि चिन्ता व्यक्त गर्दै प्रार्थना गरिदिएकोमा राजा र गवर्नरप्रति कृतज्ञता व्यक्त गरे। उनले सिक्किम र भुटान बीचको न्यानो र सौहार्दपूर्ण सम्बन्धलाई जोड दिए। बैठकमा मुख्यमन्त्रीका सचिव डा एसडी ढकाल र गभर्नरका साथमा रहेका अधिकारीहरुको पनि उपस्थिति रहेको आईपीआर विभागले जानकारी दिएको छ।