खरिबारी: शारदीय दुर्गा उत्सवपछि श्यामा पूजा सुरु भएको छ। यसका लागि तयारी तिव्र रुपमा भइरहेको छ। पानीट्याङ्कीको श्रीश्री श्यामा प्रगति संघले आज स्तम्भ पुजा गरी श्यामा पूजाको तयारी सुरु गरेको छ ।यस वर्षको थिम दुबईको १२६ फिट अग्लो बुर्ज खलिफा रहेको बताइएको छ। जसको बजेट करिब १० लाख रुपैयाँ रहेको छ। पुजाको ३ दिनसम्म सांस्कृतिक कार्यक्रम र गरिब जनताको सेवा हुनेछ। प्रगति संघका सचिव सञ्जीव बर्मनले यस वर्षको पूजामा ठूलो संख्यामा दर्शक आउने विश्वास व्यक्त गरेका छन्।