टी-२० विश्वकप छनोट भए क्रिकेट टिमलाई नोबेल मेडिकल कलेजले १५ लाख दिने

Screenshot_20231031_181225_Dailyhunt.jpg

काठमाडौं: नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले टी-२० विश्वकप छनोट भएमा क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ। काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ। सेमिफाइनल खेल जितेमा नेपाल टी-२० विश्वकपमा छनोट हुने छ।
नोबेलले नेपालले छनोट प्रतियोगितको उपाधि नै जितेमा ५ लाख थप गरेर कुल २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ। खेलाडीहरुको सम्मान गर्दै उनीहरुको हौसला बढाउन पुरस्कार घोषणा गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement