गान्तोक: राज्धानी गान्तोक वरिपरिका विभिन्न क्षेत्रका कुल ३८ बिरामीहरूले आज सम्मान भवनमा मुख्यमन्त्री चिकित्सा सहायता योजना अन्तर्गत आर्थिक सहायता प्राप्त गरे। यो कार्यक्रम राज्य भित्र र बाहिर चिकित्सा उपचार गराइरहेका रोगीहरुलाई सहयोग गर्ने सरकारको योजना हो। मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रतिवद्धतास्वरूप उपचाराधीन रोगीहरुलाई निरन्तर सहयोग गर्ने कार्य भइरहेको छ। लाभग्राहीले मुख यमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।