सामची भूटानका जिल्ला गवर्नरले राज्यपाल आचार्यसॅंग गरे भेट

n5527232961698853118936c58b5627b626bfb18cf8300e18010074eff7a43e098163840ff9732dfc0203bd.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज राजभवनमा सामची भूटानका जिल्ला गवर्नर मिङ्ग्युर दोर्जीले शिष्टाचार भेट गरे। यस भेट अवधि मिङ्ग्युर दोर्जीले भूटान नरेश जिग्मी खेसर नामग्याल वाङ्गचुकको तर्फबाट ऋतु फल भेट स्वरूप प्रदान गरे। राज्यपाल र जिल्ला गवर्नरबिच शुभकामनाहरू आदान-प्रदान भएको राजभवनले जानकारी दिएको छ।

About Author

Advertisement