भलिबल प्रतियोगिता आयोजनलाई लिएर जरूरी सभा

n5527069081698852973304f49bfad715a867c93cedb3e9e907e59a5706c6269f84fdc3696e29fab85e1ad3.jpg

नाम्ची: नाम्चीमा आज सिक्किम भलिबल एसोसिएशनको जरूरी सभा सम्पन्न भयो। सभामा आगामी ३ नोभेम्बरदेखि ७ नोभेम्बरसम्म हुने अन्तर विद्यालय भलिबल लिग प्रतियोगिता (पूरूष वर्ग) र महिला नकआउट भलिबल प्रतियोगितालाई सफल बनाउन छलफल गरियो।

सभाले एसोसिएशनको पूरानो समिति विगठन गरेर नयाँ अस्थायी समिति पनि गठन गऱ्यो। यस अस्थायी समितिका अध्यक्ष गणेश राई, उपाध्यक्ष लीला सुब्बा, महासचिव नर्बु लेप्चा, सहसचिव (एक) पूर्ण राई, सहसचिव (दुई) केबी गुरूङ, कोषाध्यक्ष (एक) लक्ष्मीप्रषाद थापा, कोषाध्यक्ष (दुई) भरत राई, प्रचार-प्रसार सचिव (एक) एलोन प्रधान, प्रचार-प्रसार सचिव (दुई) शिव प्रधान रहेका छन्।

सभालाई सम्बोधित गर्दै अध्यक्ष गणेश राईले आफुले पाएको जिम्मावरी पूरा गर्ने वचन दिए। नाम्चीमा राम्रो भलिबल मैदान बनाउन ठाउँ खोजिरहेको जानकारी गराउँदै उनले राँके मेलाको अवसरमा पनि भलिबल प्रतियोगिता आयोजना गर्न सके राम्रो हुने विचार प्रकट गरे। उनले एसोसिएशनलाई हर सम्भव सहयोग गर्ने वचन दिए। सभामा एसोसिएशनका कोषाध्यक्ष लक्ष्मीप्रषाद थापाले एसोसिएशनको प्रतिवेदन प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement