गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमिसंह तामाङले आज उनको सरकारी निवास मिन्तोकगाङमा बर्फुङ समष्टिको मंगरदलाम वार्डका पाँच जना पैह्रो पीडितसँग भेट गर्दै अन्तरक्रिया गरे।
उनीहरू केही वर्षअघि पैह्रोको चपेटमा परेर उनीहरूको सम्पूर्ण घर ध्वस्त बनेपछि हाल किरायाको घरमा बस्दै आइरहेका थिए। पीडितहरूको यो समस्यालाई ध्यानमा राखेर राज्य सरकारले घर निर्माण गर्नहेतु जमिन आवण्टन गरेको साथै चॉंडै उनीहरूको निम्ति घर निर्माण गर्ने प्रक्रिया पनि शुरु गर्ने मुख्यमन्त्री तामाङले आश्वासन दिए।
आफ्नो समस्याहरूलाई ध्यानमा राखेर राज्य सरकारले उनीहरूको निम्ति घर निर्माणहेतु जमिन आवण्टन गर्ने पहल गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि राज्य सरकारप्रति आभार व्यक्त गरेका छन्।