प्रधानमन्त्री उज्ज्वला योजनालाई लिएर जिल्लास्तरीय समितिको बैठक सम्पन्न

IMG-20231101-WA0244.jpg

सोरेङ: प्रधानमन्त्री उज्ज्वला योजनालाई लिएर जिल्लास्तरीय समितिको एक बैठक आज सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतमा सम्पन्न भयो। सभामा जिल्लापाल ठटालले प्रधानमन्त्री उज्ज्वला योजना (पीएमयूजे) को बारेमा जानकारी गराउँदै यस योजना अन्तर्गत विभिन्न लाभ र सुविधाबारेमा प्रकाश पारे।

त्यसपछि उनले गरिबी रेखा (बीपीएल) वर्गको बारेमा जानकारी गराए, जसलाई प्रमाणीकरण गर्न आवश्यक रहेको र त्यसपछि प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गत नाम दर्ता गर्न आवश्यक रहेको अवगत गराए। उनले आप्रवासी कामदारहरुलाई आवश्यक कागज पत्रको उचित प्रमाणीकरण गरी एलपीजी जडान उपलब्ध गराउनु पर्ने जानकारी गराए।

एलपीजी जडान गर्नअघि एक व्यक्तिको दोहोरो जडानको प्रक्रियालाई निरुत्साहित गर्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरे। उनले एलपीजी दर्ता गर्नअघि व्यक्तिको घर नम्बर पुष्टि गर्नुपर्नेमा विषयमा जोड दिए। सभामा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल गयास पेघा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement