गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मंगन उच्चतर माध्यमिक विद्यालयमा अध्ययरत छात्रा तेञ्जिङ कुन्साङ लाचेन्पासँग भेट गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा भएको भेटघाटमा उनका बाबु सोनाम वाङ्ग्याल लाचेन्पा पनि साथमा रहेका थिए।
लाचेन निवासी छात्रा तेञ्जिङ कुन्साङ लाचेन्पा देशको ५९ जना विद्यार्थीहरू मध्येमा एक हुन् जो इन्सपायर अवार्डको योजनाको निम्ति छनौट भएकी हुन्। उनी जापानको साकुरा साइन्स हाई स्कूल कार्यक्रमका लागि छनोट भएका हुन् भने उनी अबको केही दिनमा जापान आयोजना हुने सो कार्यक्रमा सहभागिता जनाउन जापान जाने भएकी छन्।
यसरी देशका ५९ जना विद्यार्थी मध्ये सिक्किम राज्यबाट पनि एक जना छनौट भएकोमा मुख्यमन्त्रीले बधाई दिएका छन। यस प्रकारको कार्यक्रममा सहभागिता जनाउँदा यसले भविष्य राम्रो बन्न सक्ने बताएका छन्। विद्यार्थी तेन्जिङले मुख्यमन्त्रीलाई उनको कामना र आश्वासनको लागि कृतज्ञता व्यक्त गर्दै आफ्नो करियर उत्कृष्ट बनाउने बचन दिएकी छन्।