प्राकृतिक आपदाक पिढीतहरूलाई पुनर्स्थापनाको लागि जीटीएको आपतकालीन सभा

IMG-20231101-WA0227.jpg

आगामी दिनमा जीटीए क्षेत्रमा नयाँ हाइडल प्रोजेक्ट सञ्चालन वा निर्माण गर्न अनुमति नदिइने प्रस्ताव पारित

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आपतकालीन बैठक आज सम्पन्न भएको छ। टिस्टा बाढी पीडितहरूलाई पुनर्स्थापना गर्नु भनी डाकिएको जीटीए सभाको उक्त आकस्मिक बैठक गोर्खा रङ्गमञ्च परिसरमा अवस्थित जीटीए सभागृहमा बसेको छ। सभामा पक्ष अनि विपक्षको सभासदहरूको उपस्थिति रहेको थियो। जीटीएको सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरिएको छ। उक्त प्रस्तावहरूमा
वान पोइन्ट एजेण्डामाथि आजको जीटीए सभामा विमर्श गरेको छ। एजेण्डाहरूमा टिस्टा त्रासदीमा परेका परिवारहरूलाई कसरी पुनर्स्थापना गर्नु विषयमा रहेको छ भने आजसम्म जीटीएले के कस्तो कार्य गरेको छ त्यसको रिपोर्ट पनि हाउसलाई बुझाइएको छ। त्यसरी नै जीटीए क्षेत्रमा आवास निर्माण गर्न आवास निर्माण समिति गठन गरिनेछ। समितिमा प्रभावित क्षेत्रका निर्वाचित सदस्यहरू रहनेछन् भने जीटीए क्षेत्रका कुनै पनि प्राकृतिक आपदालाई सामना गर्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका निर्वाचित सदस्यहरु, विशेषज्ञलाई लिएर हाई पावर समिति गठन गरिने भएको छ। सभामा हाइडल प्रोजेक्टको कारण नै टिस्टा क्षेत्रमा यति डरलाग्दो त्रासदी भएको सबैको एकमत रह्यो। यही विचारलाई मध्यनजरमा राखेर आगामी दिनमा जीटीए क्षेत्रमा नयाँ हाइडल प्रोजेक्ट सञ्चालन वा निर्माण गर्न अनुमति दिइने छैन भनी प्रस्ताव पारित गरिएको छ। त्यसरी नै राज्य सरकारले राहतको निम्ति दिएको 25 करोड रुपियाँको प्रयोगमाथि विमर्श भएको छ। आजसम्म जीटीएले 25 करोडबाट एक रुपियाँ पनि चलाएको छैन। कारण यो रकम राज्यको आपदा कोषबाट आएको छैन। तर यस कोषलाई राज्यको प्लान बजेटबाट दिइएको छ भनी जानकारी गराइएको छ।

आजको जीटीए सभाले सरकारद्वारा टिस्टा रम्फुको आपदालाई आपदा भनी घोषणा गर्नुपर्छ भनी प्रस्ताव पारित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement