३ नोभेम्बर जीटीए कार्यकारिणी सभासदहरूको सभा बस्नेछ: अनित थापा

IMG-20231101-WA0224.jpg

दार्जिलिङ: ३ नोभेम्बर जीटीए कार्यकारिणी सभासदको सभा बस्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। विज्ञप्तिमा भनिएको छ- विगत १४ वर्षदेखि आँगनबाडीका कर्मचारीहरू पदोन्नतिदेखि वञ्चित रहेका थिए। जीटीएको पहल अनुसार नै यो वर्ष आईसीडीएसमा नयाँ भर्ना अनि वर्तमान कर्मचारीको पदोन्नति हुने भएको छ। यस विषयमा सरकारबाट नोटिफिकेसन पनि जारी भईसकेको छ। तर समस्या यहाँ छ कि नयाँ नियम अनुसार आईसीडीएसको कर्मचारी हुनु पनि पदोन्नतिको निम्ति न्यूनतम शिक्षा कक्षा १२ पास गरेको हुनुपर्छ। तर हाम्रा धेरै कर्मचारीहरू पुरानो नियम मुताबिक कक्षा १० पास गरेकाहरू छन्। उनीहरू नयाँ नियम अनुसार पदोन्नतीदेखि वञ्चित रहनेछन्। थप कुरा, विगत दिनको आन्दोलन समयमा राज्यका अन्य कर्मचारीले दुई दुईवटा पदोन्नति पाएको समय पहाडका कुनै पनि कर्मचारीले पदोन्नति पाएन। यही मुद्दालाई लिएर आगामी ३ नोभेम्बरकाे दिन हामीले जीटीए सभाका कार्यकारिणी सभासद (Executive Sabhasad) हरूको एउटा सभा बोलाएका छौं भनी विज्ञप्तिमा बताइएको छ। सभाले यही मुद्दामाथि छलफल गरेर न्यायोचित प्रस्ताव लिएर राज्य सरकारलाई बुझाउने व्यवस्था गर्नेछ। जबसम्म राज्य सरकारको तर्फबाट हाम्राे मांग अनुसारको न्यायोचित आदेश आउँदैन तबसम्म जीटीए क्षेत्रका आईसीडीएस कर्मचारीहरूको पदोन्नति स्थगित राखिनेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले विज्ञप्तिमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement