आईआरबी-का जवानले सहकर्मीहरूमाथि चलाउँंदा तीन जवानको मृत्यु

photocollage_2022718212738404.jpg

सिक्किमका मुख्यमन्त्रीले गरे शोक प्रकट

गान्तोक: देशको राजधानी दिल्लीस्थित वाटर प्लान्टमा तैनाथ सिक्किम पुलिसका तीन आइआरबी जवानका गोली ठोकी हत्या गरेको घटना प्रकाशमा आएकोछ। प्राप्त जानकारी अनुसार सिक्किम पुलिस आईआरबी जवान प्रविन राईले आफ्नै तीनजना साथीलाई गोली ठोकी हत्या गरेको घटना प्रकाशमा आएको छ। आरोपी राईले कूल तीन जनालाई गोली हानेका थिए जसमा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीररूपमा घाइते भएका छन्। घाइते हुनेलाई उपचारको निम्ति दिल्ली अस्पतालमा लगिएको थियो भने भने चिकित्सकहरूले तीनलाई मृत घोषित गरिदिए। दिल्ली पुलिसले आरोपीलाई पक्राउ गरेको र हाल उनलाई केरकार गरिररहेको जानकारी प्राप्त भएको छ।

घटनाको कारण अहिलेसम्म थाह लाग्न सकेको छैन्। यस घटनालाई लिएर राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले शोक व्यक्त गरेका छन्। मुख्यमन्त्रीले जानकारी गराए अनुसार लेस नाइक पिन्छो नामग्याल भोटिया र धनहाङ सुब्बालाई गोली ठोकी हत्या गरिएको छ। हत्यापछि आरोपी राईले नजिकैको पुलिस थानामा आत्मसम्पर्ण गरेका छन्। मुख्यमन्त्रीले मृतकको आत्माले शान्ति पाउन भनि प्रार्थना गर्दै पीडित परिवारमा ईश्वरले सहन शक्ति प्रदान गरून भनि कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement