कोलकाताः विधाननगर नगर निगमका तृणमूल पार्षदहरूको सम्पत्तिमा गत १० वषर्मा अथाह वृद्धि भएको छ। यसको पछाड़ी ठूलो भ्रष्टाचारको आरोप लगाउँदै भारतीय जनता पार्टी (भाजपा) को विधाननगर एकाईले केन्द्रिय एजेन्सीसित जाँचको माग गरेको छ। पार्टीको तर्फबाट बुधवार सीजीओ कम्प्लेक्स स्थित ईडी अफिसमा एक स्मारक लिपि सुम्पिएको छ, जसमा विधाननगर नगर निगमको तृणमूल पार्षदहरूको आयभन्दा अधिक सम्पत्तिको जाँचको माग गरिएको छ।
बुधवार दिउँसो भाजपाको प्रतिनिधिमण्डल सीजीओ कम्प्लेक्स पुग्यो, जहाँ तृणमूल नेताहरू विरूद्ध आवेदन दिइएको छ। केवल एक भाजपा नेतालाई भित्र पस्ने अनुमति दिइयो, जसपछि उनले भित्र गएर शिकायत दर्ता गराएका छन्। विधाननगरका भाजपा नेता संजय पायराले भने, विधाननगर नगर निगमका धेरै पूर्व र वर्तमान पार्षदहरूको सम्पत्तिमा अथाह वृद्धि भएको हामीले जानकारी पाएका छौं।
यस्ता धेरै पार्षद छन्, जसको चुनाउ लड़ेको समय सम्पत्ति केवल ७७३ रूपियाँ थियो तर अब त्यसमा हजारौं गुणा वृद्धि भएको छ। यो अस्वाभाविक हो। यो रूपियाँ कहाँबाट आयो, यसको जाँच हुनुपर्छ। एक-एक पार्षद २४-३० लाख रूपियाँको गाड़ी किन्नमा सफल भइरहेछ। ईडीसित यसको जाँच गर्ने अनुरोध गरिएको छ।
-हिस