‘हिमाली चोक’ लेखिएको साइनबोर्डको विधिवत उद्घाटन

IMG-20231101-WA0204-1

सिलगढी: आज डाबग्राम-१ ग्राम पंचायतअन्तर्गत खोलाचन्द फाप्री, सिलगढीको एउटा चोकको नाम ‘हिमाली चोक’ नामाकरण गरिएको छ। हिमाली युवा संघको आयोजनामा बिहान ८ बजेदेखि सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा खोलाचन्द फाप्री (पूर्व)का पंचायत सदस्य अनिता छेत्री उपस्थित थिए। संस्थाका अध्यक्ष परिमल थापाको अध्यक्षता एवं सचिव कृष्ण शर्माद्वारा संचालित कार्यक्रममा कोषाध्यक्ष विकास तिम्सिनाले स्वागत वक्तव्य राखे।

स्मरण रहोस्, खोलाचन्द फाप्रीको इतिहासमै पहिलोपटक सन् १९९९ सालमा सरकारी रुपमा पंजीकृत भएको संस्था हिमाली युवा संघले आजसम्म समाजको हितमा धेरै कार्यहरु गर्दै आएकोले गाउँको एउटा चोकको नाम हिमाली चोक गरिदिने अनुरोध गर्दै संस्थाको तर्फबाट सम्बन्धित विभागमा पत्रचार गरिएको थियो। यसर्थ आज संस्थाको तर्फबाट सानो कार्यक्रम आयोजन गर्दै पंचायत सदस्य अनिता छेत्रीको उपस्थितिमा हिमाली चोक लेखिएको साइनबोर्डको विधिवत उद्घाटन गरिएको छ। यस दिनको कार्यक्रममा हिमाली युवा संघका सदस्यहरु क्रमैले राहुल मंगर, श्याम तामाङ, बिमल थापा, सुभाष विश्वकर्मा, केशव थापा, सुचेन लेप्चा, विकास रुचाल, भिम माझी, विजय राई, सुभाष राई, सन्दिप तिवारी लगायत वसन्त छेत्री, सुशील शर्मा, अजय थापा आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement