प्याजको भाउ बढेपछि ग्राहक मर्कामा

5eae406c-448f-4e5b-9288-32724fa0f650

जलपाइगढी: प्याजको मूल्य बढेपछि मध्यमवर्गको आँसु छ। प्याजको भाउ बढेसँगै मध्यमवर्गीय परिवारको खल्तीमा भार बढेको छ। चाडपर्वको समयमा जलपाइगढी जिल्लाका विभिन्न खुद्रा र थोक बजारका साथै राज्यका अन्य जिल्लाहरूमा प्याजको मूल्य लगातार बढिरहेको छ। धुपगढी विनियमित बजार जलपाइगढी जिल्लाको सबैभन्दा ठूलो तरकारी खरीद र बिक्री केन्द्र हो। यो बजारमा प्याजका ठूला पसलहरू छन्। सामान्यतया यस बजारबाट विभिन्न बजारमा प्याज बिक्री हुने गरेको छ। यसअघि थोक बजारमा प्याजको भाउ १८ देखि २० रुपियाँ थियो, त्यसपछि बढेर ३०–३५ रुपियाँ पुग्यो। अहिले थोक बजारमा प्याजको मूल्य ५० देखि ५५ रुपियाँसम्म छ। खुद्रा बजारमा प्याज ६०–६५ रुपियाँमा बिक्री भइरहेको छ। प्याजको भाउ लगातार बढ्दै जाँदा सर्वसाधारण र व्यापारी समेत समस्यामा परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement