पश्चिम बंगालका राज्यपाल फेरि तीन दिवसीय उत्तर बंगाल यात्रामा

IMG-20231101-WA0205.jpg

काेलकाता: पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोस एक पल्ट फेरि उत्तर बंगालको तीन दिवसीय यात्रामा निस्केका छन्। बुधवार राति उनी सिलगढ़ीको सरकारी अतिथि गृहमा बस्नेछन्।

त्यहाँबाट उनी दार्जीलिङ राजभवनको निम्ति जानेछन्। शुक्रवार तीन नोभेम्बर वा शनिवार चार नोभेम्बरमा उनी कोलकाता फर्किनसक्छन्।

राजभवन सूत्रहरूको दाबी छ, उत्तर बंगाल यात्रामा उनले धेरै महत्वपूर्ण बैठकहरू गर्नेछन्। बुधवार राज्यपाल सिलगढ़ीमा बस्नेछन् र बिहिवार दार्जीलिङको राजभवनमा जानेछन्। उल्लेख्य, विभिन्न मुद्दाहरूलाई लिएर ममता ब्यानर्जी सरकार र राज्यपालबीच प्रायः जसो गतिरोध चलिरहन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement