भारतीय नौसेनाद्वारा बंगालको खाडीमा ब्रह्मोस मिसाइलको सफल परीक्षण

Bramhos-Missile

नयाँ दिल्ली: भारतको सिमाना सुरक्षित राख्न तीनवटै समूहका सेनाले आफ्नो शक्ति बढाइरहेका छन्। भारतीय नौसेनाले बुधबार ब्रह्मोस मिसाइलको सफल परीक्षण गरेको छ। यो परीक्षण बंगालको खाडीमा गरियो। समाचारअनुसार मिसाइल परीक्षण सफल भएको छ र प्रहार गरिएको मिसाइलले सबै परिक्षण पूरा गरेको छ। यो मिसाइललाई भारतको ब्रह्मपुत्र नदी र रुसको मोस्क्वा नदीको नामबाट ब्रह्मोस नाम दिइएको हो। यो मिसाइलको दायरा २९० किलोमिटर रहेको छ। यो म्याच २.८ (ध्वनिको गतिभन्दा झण्डै तीन गुणा) को टप स्पीड भएको विश्वको सबैभन्दा छिटो क्रुज मिसाइल मानिन्छ।

यसअघि भारतीय वायुसेनाले पनि बंगालको खाडीमा सुखोई विमानबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको हावा प्रक्षेपण संस्करणको सफल परीक्षण गरेको थियो। वायुसेनाले अक्टोबरमा यो परीक्षण गरेको थियो। जुन स्वदेशी हतियार प्रणालीको क्षेत्रमा ठूलो सफलता मानिएको थियो। ब्रह्मोस क्रुज मिसाइल सुपरसोनिक हतियार प्रणालीको लामो दूरीको मिसाइल हो। जसलाई रुससँगको सहकार्यमा विकसित गरिएको हो। यो मिसाइल भारतसँग उपलब्ध सबैभन्दा अत्याधुनिक हतियार हो। भारतले हाल हावामा प्रक्षेपण गर्न सकिने ब्रह्मोस क्रुज मिसाइलको लामो दुरीको संस्करणको विकासमा काम गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement