जनतालाई आई परेको बेलामा हामी एकबद्व हुनै पर्छ: अजय एडवाडर्स
दार्जीलिङ: जनतालाई आई परेको बेलामा हामी सवै एकबद्व हुनै पर्छ यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्स ले पोखेको हो। टिष्टा बाँढ पिडितको समस्याहरूमाथि जीटीएले अविलम्ब आपतकालिन बैठक बोलाउँनु पर्ने मांग गर्दै गत केही दिन अधि हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले जीटीए चीफ अनित थापालाई पत्रचार गरेको थियो। जसको फलस्वरूप आज स्थानीय गोर्खा रंग मंच भवनको जीटीए सभागृहमा जीटीए सभाको आपतकालिन सभा डाकिएको थियो। आयोजित आपतकालिन सभामा हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्स लगायत पार्टीको सवै निर्वाचित सभासदहरूले अंश ग्रहण गरयो। सभापछि स्थानीय पार्टी कार्यलयमा पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले जनतालाई आई परेको बेलामा हामी सवै एकबद्व हुनै पर्छ अनि हामीले हाम्रो विपक्षीको भूमिका पनि निभाउँदै आई रहेका छौ तिनले भने।आज को आपतकालिन बैठकमा टिष्टा बाँटको विषयमाथि हाई पावर कमिटि र हाउजिङ कमिटि गठन गर्ने निर्णय लिएको छ।हाई पावर कमिटिमा हामीले संसद अनि कालेबुङको विधायक रूदेन सादा लेप्चा साथै दार्जीलिङ र खरसाङको विधायकहरूलाई पनि समाबेश गरिनु पर्ने मांग राखेका छौ अनि हामी आशाबादी छौ संसद र विधायकहरूलाई पनि हाई पावर कमिटिमा समाबेश अवश्यै गर्ने छ भन्ने एडवाडर्सले भने। टिष्टा बाँढले कति हजार करोड रूपियाँको क्षति पूराएको छ भन्ने रिपोर्ट तयार गरेपछि उक्त रिपोर्टको आधारमा संसदको माध्यमद्वारा केन्द्र सरकार अनि विधायकहरूको माध्यम द्वारा राज्य सरकार समक्ष कुरा राख्न सकिनेछ अनि पिडितहरूको निम्ति धेरै कुराहरूको सहयोग गर्न सक्ने छौ अध्यक्ष एडवाडर्सले भने। तिनले अधि भने टिष्टा आदि क्षेत्रहरूमा बाढले क्षति पूराएको खबर पाउन साथ हाम्रो टीम घटना स्थलमा पूगेर पिडितहरूलाई सक्दो सहयोग पूराउने कार्यहरू गरेको थियो। हामीले टिष्टाको बाढ पिडितहरूको निम्ति जीटीएको आपतकालिन बैठक डाक्नु पर्छ भन्ने मांगहरू गर्दै आई रहेका थियौ। ढिलै भए पनि जीटीएले टिष्टाको बाढलाई प्राकृतिक आपदा भनेर घोषणा गरेको छ यस विषयमाथि आफु सन्तुष्ट रहेको अध्यक्ष एडवाडर्सले बताए। तिनले अधि भने जबसम्म कुनै पनि वृहत घटनाहरूलाई प्राकृतिक आपदाको घोषणा गरिन्दैन तबसम्म प्राकृतिक आपदाद्वारा प्राप्त हुने साहुलियतहरू पिडितहरूले पाउन सक्दैन, राज्य र केन्द्र सरकारको पनि प्राकृतिक आपदा विभागहरू छन अध्यक्ष एडवाडर्सले भने। सिक्किम सरकारले टिष्टा बाढलाई प्राकृतिक आपदा घोषणा गरेर बाढले क्षति पूराएको अनुमानिक रिपोर्टहरू केन्द्र सरकारलाई सोम्पिएको हुनाले सिक्किममा धेरै फ्रण्डहरू आएको हो अनि त्यहा धेरै कामहरू पनि हुदैछ तर हाम्रोतिर त्यस्तो कुनै कामहरू भएको छैन तिनले भने। हाम्रो खोला नालाको पानीद्वारा एनएचपीसीले विजुली उत्पादन गरेको सालना दुईवटा डम्माबाट ६ सय करोड रूपियाँको कमाई गर्छ तर हामीलाई एक युनिटसम्मको छुट दिएको छैन, एनएचपीसी र अन्य जल विद्युत कम्पनी हरूले हाम्रो मान्छेलाई के कति फाइदा पूराएको छ भन्ने विषयमाथि हाई पावर कमिटिले जाच गर्न पर्छ भन्ने एडवाडर्सले बताए।जीटीएको नियम अनुरूप निर्वाचित संसदलाई जीटीएको सभामा निम्ताउनु पर्ने प्रावाधान रहेको छ। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै जाति लाई र हाम्रो क्षेत्रलाई आई परेको खण्डमा सा सानो विबादहरूलाई पन्साएर एकबद्व हुन पर्छ भन्दै आएको हो। अघ्यक्ष एडवाडर्सले अधि भने आजको आपतालिन सभाले जीटीए क्षेत्रमा अब उसो कुनै जल विद्युत उत्पादन नगर्ने प्रस्ताव पारित गरेको छ भन्ने बताए। हाम्रो पार्टी अध्यक्ष एंव सभासद एडवाडर्सले अधि भने बाढले कति करोड रूपियाँको क्षति पूराएको छ भन्ने रिपोर्ट तयार गरिएको छ भने त्यसको आधारमा संसदले पनि केन्द्र सरकारसंग कुरा गर्न सक्छ त्यसकारण जीटीएले अविलम्ब यस कति करोड रूपियाको क्षति पूराएको छ त्यसको रिपोर्ट अविलम्ब तयार गर्ने अनुरोध गरयो।राज्य सरकारले दिएको २५ करोड रूपिया जीटीए लाई दिने फ्रण्ड हो उक्त फ्रण्ड बाढ पिडितहरूको निम्ति खर्च गरेको खण्डमा जीटीएले पाउने विकाशको निम्ति पाउने फ्रण्डबाट काटिनेछ जो विकाशको निम्ति बाधा हो। भोलीको दिनमा यस्तो प्रकारको प्राकृतिक आपदाहरू हुदैन भन्ने कुनै ग्यारेण्टी छैन अध्यक्ष एडवाडर्सले भने।