गोर्खा शहीद च्यालेञ्ज फूटबलः वाईजीएफसी र गोर्खा बोइज क्वार्टर फाइनलमा

IMG_20220718_200926.jpg

१८ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार पहिलो राउण्डका अन्तिम दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको पहिलो म्याच वाईजीएफसी खरसाङले डोंग्स इलेभेन इण्डो-भूटानलाई ७-१-ले पिट्यो। विजेता टीमका आकाश प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। आकाशले ४ गोल गरे। यसरी नै दोस्रो म्याचमा गोर्खा बोइज खरसाङले कलकत्ताको एबीपी एण्टरप्राइजलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका गणेश लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। गणेशले २ गोल गरे। अब मंगलवार खेलिने पहिलो क्वार्टर फाइनलमा आयुष सेभेन सुकना र भूमिपुत्र एफसी (मतिगढ़ा)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा हुनेछ भने फाइनल २७ जुलाईमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा संयोजक प्रतीक गुरुङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement