चिमनी देवराली क्षेत्रमा बागवानी विभागबाट वितरण गरिएको पोली हाउसमा कृषकहरूद्वारा साग सब्जीहरू रोप्दै

IMG-20231101-WA0190.jpg

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टीको चिमनी देवराली ग्राम पञ्चायतको विभिन्न गाउँहरूमा कृषकहरूलाई बागवानी विभागबाट वितरण गरिएको पोलि हाउस कृषकहरूले आफ्नो आफ्नो बारीमा निर्माण गरेका छन्। यस क्षेत्रका कृषकहरूका लागि कृषि कार्यमा उक्त पोलि हाउसले ठूलो सहायता पुगिरहेको बताइएको छ।

यसरी चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रका कृसकहरूलाई पोलि हाउस प्रदान गरेर कृषि कार्यमा सहयोग गरेकोमा कृषकहरूका पक्षमा निर्वाचित प्रतिनिधिहरू पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा, नारी शक्ति २८ नम्बर समष्टी सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री आदिले जीटीए चिफ् अनित थापा, बागवानी विभागको सभासद प्रणाम रसाईली, क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेका छन्।

विभागबाट प्राप्त पोलि हाउसलाई निर्माण गरेर कृषकहरूले विभिन्न साग सब्जीहरू र फल फूलहरू रोपिरहेका छन्। त्यसरी नै विभिन्न प्रजातिको बोट बिरूवाहरू पोलि हाउसमा रोप्नलाई बागवानी विभागबाट प्रदान गर्न पहल गरिने भएको चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेश थापाले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement