भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले रणनीतिक बल कमाण्डमा कार्यरत भारतीय सेनाका एक मेजरलाई सेवाबाट बर्खास्त गरेकी छन्। उच्चस्तरीय छानबिनमा मेजरलाई राष्ट्रिय सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी पाइएको समाचार छ। यस समाचारको बीचमा राष्ट्रपतिको सुरक्षाबारे जान्न सकिन्छl राष्ट्रपतिको सुरक्षा न त एसपीजीको हातमा छ न एनएसजीको। उनीहरुको सुरक्षाको जिम्मेवारी राष्ट्रपतिको अंगरक्षक (पीबीजी) मा रहन्छ। पीबीजीमा सुरक्षाकर्मीहरूको तैनाथीको मापदण्ड धेरै उच्च छ। पीबीजी भारतीय सेनाको सर्वोच्च एकाई हो जुन राष्ट्रपति भवनमा नै बस्छ। भारतीय सेनाका जाट, सिख र राजपूत सैनिकहरूलाई पीबीजीमा प्राथमिकता दिइन्छ। पीबीजीमा सैनिक संख्या निश्चित छ। यसमा ४ अफिसर, ११ जुनियर कमिसन्ड अफिसर र १६१ सिपाही हुन्छन्। उनीहरुले प्रशासनिक सहयोग पाउँछन्। राष्ट्रपतिको सुरक्षाका लागि ६ फिट वा सोभन्दा बढी उचाइ भएकालाई मात्रै छनोट गरिन्छ। दुई वर्षको कडा तालिमपछि मात्र सिपाहीलाई पीबीजीको हिस्सा बनाइन्छ। चुनिएका सिपाहीहरूले आफ्ना कमाण्डेन्टको अगाडि आफ्नो तरवार प्रस्तुत गर्छन्, जसलाई छोएर कमाण्डेन्टले उनीहरूलाई पीबीजीमा भर्ती गराउँछन्। तरवार प्रस्तुत गर्नुको अर्थ आजदेखि मेरो हतियार र मेरो जीवन तपाईंको हातमा छ। राष्ट्रपतिको पीबीजी एकाईमा धेरै आकर्षक र बलियो घोडाहरू पनि समावेश छन्।