गज़ल

00-1-Gazal-1

युद्ध एउटा कलंक र अभिशाप हो

दानवीय आकांक्षाको त्यो राप होl

पाउनुभन्दा धेर गुमाइन्छ युद्धमा

हार्ने जित्ने दुवैलाई नै सन्ताप होl

युद्ध गर्ने गराउनेको त स्वार्थ होला

तर मैदानमा लड्नेलाई करकाप होl

मारिन्छन् अनेक वृद्ध,बाल-बनिता

जो धार्मिक दृष्टिले त एउटा पाप होl

मानवता बिर्सेर दानवता अँगाल्ने हो

युद्ध भनेको हाँसो होइन विलाप होll

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *