१६ नोभेम्भर मुख्यमन्त्री ममताकाे पार्टी नेताहरूलाई सम्बोधन

1356314-mamata-banerjee.jpg

काेलकाता: आगामी १६ नोभेम्बरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्ना पार्टी नेताहरूलाई सम्बोधित गर्नेछिन्। यस कार्य़क्रमको माध्यमले उनले लोकसभा चुनाउको घोषणा गर्नेछिन्।

तृणमूल कांग्रेसका एक नेताले बुधवार नाम उजागर नगर्ने शर्तमा भने, कोलकाता समेत सबै जिल्लाहरूका पार्टी अध्य़क्षहरूलाई यस कार्यक्रममा भर्चुअल माध्यमले जोड़िनु भनिएको छ। अहिले यस कार्यक्रमको स्वरूप स्पष्ट छैन तर यो एक ठूलो आयोजन हुनेछ। लोकसभा चुनाउअघि ममता ब्यानर्जीको यो महत्वपूर्ण सम्बोधन हुनेछ। यसपछि सबै स्तरका नेताहरूलाई लोकसभा चुनाउको तयारीमा जुट्नलाई भनिएको छ। जानकारी अनुसार, मुख्यमन्त्रीले त्यस दिनको सम्बोधनमा २०२४ को लोकसभा चुनाउको निम्ति रणनीतिमाथि कुरा गर्नेछिन्।

पश्चिम बंगालमा २०१९ को लोकसभा चुनाउको समय भाजपाले ४२ मध्ये १८ सीट जितेको थियो तर यस पाली तृणमूस कांग्रेस भाजपाबाट सबै सीट खोस्ने तयारीको साथ चुनावी मैदानमा ओर्लिनेछ। तृणमूल कांग्रेस यसको निम्ति मतहरूको ध्रुवीकरणलाई लिएर रणनीति बनाउनमा जुटेको छ। यही अन्तर्गत बंगालमा १०० दिनको रोजगार गारन्टी योजनाको बाकी भुकतान नहुनु र पश्चिम बंगाललाई केन्द्रको तर्फबाट वञ्चित गरिनुलाई तृणमूलले मुख्य मुद्दा बनाउने रणनीतिमाथि काम गरिरहेछ। यस बाहेक राष्ट्रिय स्तरमा आईएनडीआई गठबन्धनलाई लिएर तृणमूलले कस्तो स्ट्याण्ड राख्नेछ, यसबारे पनि १६ नोभेम्बरको मीटिङबाट ममताले निर्देश दिनेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement