कराँतेमा राज्य छनौटको लागि दार्जिलिङ जिल्लाका २१ जनाको टोली कोलकाता प्रस्थान

IMG-20231101-WA0160.jpg

खरसाङ: कराते इभेन्टमा १३ वर्ष र मुनिका केटा र केटीहरूको राज्य छनौटको लागि दार्जिलिङ जिल्लाका २१ जनाको टोली कोलकाता प्रस्थान गरेका छन्। टोलीको नेतृत्व शिहान अनिल राई र सेन्सी सन्दीप प्रधानले गरिरहेका छन् जो दार्जिलिङ जिल्ला स्पोर्ट्स कराते डो एसोसिएसनका अध्यक्ष र महासचिव हुन्। पश्चिम बंगाल राज्यको छनौट कराते एसोसिएशन अफ् बंगालद्वारा गरिन्छ जुन राष्ट्रिय निकाय ‘कराते ईण्डिया अर्गनाईजेशन अन्तर्राष्ट्रिय महासंघ (World Karate Federation) बाट एक मात्र मान्यता प्राप्त संघ हो। ७ देखि १३ वर्ष सम्मका १७ सहभागीहरूले राज्य चयनमा दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्नेछन्। प्रथम स्थानका विजेताहरूले कराते इण्डिया अर्गनाइजेशनद्वारा आयोजित अखिल भारतीय राष्ट्रिय कराते च्याम्पियनशीपमा पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्नेछन् जसमा राज्य संघ केएबीले उनीहरुको खाना, बाँस र यात्रा खर्चलाई प्रायोजन गर्नेछ।
सेन्सी सन्दीप प्रधानलाई रेफ्री/न्यायाधीशको रूपमा इभेन्टको अफिसियल सेलेक्शन इभेन्टमा अफिसियल रूपमा दार्जिलिङ जिल्लाबाट एक मात्र व्यक्ति चयन गरिएको छ। सेम्पाई प्रयोद्धि प्रधानले दार्जिलिङ जिल्लाको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement