मिरिक: पुटुङ हायर सेकेण्डरी स्कूल मिरिक डिभिजनको एनसीसी युनिट ४ बंगाल बीएन एनसीसीद्वारा राष्ट्रिय एकता दिवस पालन गरियो। विद्यार्थीहरूले प्ला कार्ड बोकेर सबै देशवासीलाई एकता, अखण्डता र भाइचाराको सन्देश दिँदै र्याली निकाल्योl र्यालीको नेतृत्व सहशिक्षिका सीटीओ मनिता थापाले गरेकी थिइन्। उनले पहिलो पटक बालिकाहरुको एनसीसी एकाई स्थापित गरेको बताइन्। उनले मिरिकवासीको पुटुङ स्कूलमा यसबाट विद्यार्थीहरूलाई शारीरिक र मानसिक उर्जा प्राप्त हुने अनि भविष्यमा सेनामा भर्ती हुनका लागि सजिलो हुने बताइन्।