‘विकसित भारत संकल्प यात्रा’ लाई लिएर बैठक सम्पन्न

n5524136641698775010661e34d4b3ab24b9d8fd9673dfb1aace67acaf77a5cdf978c9ee515f16909ebaed6.jpg

गान्तोक: सिक्किम सरकारका मुख्य सचिव वीबी पाठक ‘विकसित भारत संकल्प यात्रा’ योजनाको शुभारम्भबारे छलफलका लागि आज टाशीलिङ सचिवालयको टिस्टा लाउन्जमा भिडियो कन्फ्रेन्स बैठकमा सहभागी भए।

भारत सरकारका क्याबिनेट सचिव राजीव गौबाको अध्यक्षतामा भएको बैठकमा विभिन्न राज्यका मुख्य सचिवहरू र वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा जनजाति गौरव दिवसको अवसरमा १५ नोभेम्बर २०२३ मा यात्रा सुरु गर्ने बताइयो। यात्राको मुख्य उद्देश्य भनेको विभिन्न योजना अन्तर्गत योग्यता भएका तर अहिलेसम्म लाभ नपाएका कमजोर वर्गहरूमा पुग्नु रहेको छ।

बैठकमा अभियानको मुख्य विशेषताहरू, भारत सरकारको भूमिका, ग्रामीण र शहरी जागरूकताका लागि योजनाहरू सम्बन्धित पावर पोइन्ट प्रस्तुतीकरण पनि गरियो। बैठकमा मुख्य सचिव पाठक लगायत ग्रामीण विकास विभागका आयुक्त एवं सचिव डी आनन्दन, आईपीआर विभागकी सचिव कर्मा डी. युत्सो, सामाजिक न्याय तथा कल्याण विभागकी सचिव सारिका प्रधान, शहरी विकास विभागकी विशेष सचिव रोशनी राई र कृषि विभागका निर्देशक सोनाम आर भोटिया पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement