राजभवनमा मनाइयो लद्दाख र जम्मू-कश्मीरको स्थापना दिवस

IMG-20231031-WA0230.jpg

गान्तोक:सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज राजभवनमा केन्द्र शासित प्रदेश लद्दाख र जम्मू अनि कश्मीरको स्थापना दिवस समारोहमा सहभागी बने। राजभवनको सभागृहमा आयोजित उक्त कार्यक्रममा राज्यपाल मुख्य अतिथि तथा लद्दाखबाट आएका स्टेजिङ दोर्जी विशिष्ट अतिथि थिए। कार्यक्रममा विद्यार्थीहरूको पनि उपस्थिति थियो।
राज्यपाल आचार्यले केन्द्र शासित प्रदेश लद्दाख र जम्मू-कश्मीरको स्थापना दिवसको शुभकामना व्यक्त गर्दै भने, हाम्रो भारत विविधतामा एकताको प्रतीक हो। एक भारत श्रेष्ठ भारतको भावनालाई बढावा दिनको निम्ति केन्द्र सरकारले सबै राज्यको स्थापना दिवस प्रत्येक राज्यमा मनाउने निर्णय लिएको छ। यसले केन्द्र सरकारको समरसता, समानता र समताको भावलाई दर्साउॅंछ।
उनले अघि भने, भारतको संस्कृतिले एकअर्कालाई जोड्ने काम गर्दछ। साथै विभिन्न क्षेत्रहरूका राज्य दिवस मनाउॅंदा हाम्रो राष्ट्रिय एकता बलियो हुन्छ। लद्दाखको लोक संस्कृति, संगीत, नृत्य र कलाकृतिको सराहना गर्दै राज्यपालले भने, लद्दाखले आफ्नो अद्वितीय संस्कृति र परम्पराहरूलाई संरक्षित राखेका छन् जसले उनीहरूका उच्च आदर्शलाई दर्साउॅंछ।
लद्दाखका प्रतिनिधि तेन्जिङ दोर्जीले आफ्नो सम्बोधनमा लद्दाखको उत्पति, सन्देशको बारेमा जानकारी गराए। यस अवसरमा लद्दाखबाट आएका कलाकारहरू रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। यसैगरी, एसएसबीका जवानहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement