दार्जीलिङ वेलफेयर सोसाइटीको आयोजनामा खरसाङमा युएस ईण्डिया स्ट्राट्रेजिक पार्टनरसीप फोरमको बैठक हुने

IMG-20231031-WA0223.jpg

खरसाङ: दार्जीलिङ वेलफेयर सोसाइटीको तर्फबाट अशोक शर्मा साथै रोश्नी सेटले आज खरसाङमा एक पत्रकार सम्मेलन आयोजना गरेर युएस ईण्डिया स्ट्राट्रेजिक पार्टनरसीप फोरमबारे जानकारी गराएका छन्। उनले युएस इण्डिया स्ट्राट्रेजिक पार्टनरसीप फोरम एक गैर सरकारी संस्था हो जसको उद्देश्य व्यवसायमा विकास गर्ने रहेको छ भनी बताउँदै उक्त संस्थाको भोलि १ नोभेम्बर खरसाङमा एक महत्वपूर्ण बैठक सम्पन्न हुन गइरहेको बताएका छन्। यस संस्थामा भारत अनि अमेरिकाका विभिन्न कम्पनीहरू संलग्न रहेको छ। भारतको कम्पनी अमेरिकामा अनि अमेरिकाको कम्पनी भारतमा विस्तार गर्न उक्त संस्था स्थापना गरेको हो। यस संस्थाको टीम लिडर मुकेश आगी रहेको छ। उनकै नेतृत्वमा यस टीमले कार्य गर्नेछ। उक्त डेलिगेशन टीमलाई जी २० का प्रमुख निर्देशक हर्षवर्धन श्रीङलाले दिल्लीबाट भोलि लिएर आइरहेका छन्। भोलिको बैठकमा सरकारी अधिकारीहरू , जीटीएका प्रमुख कार्यपाल अनित थापा, आसाम, सिक्किम साथै अन्य राज्यका सरकारी अधिकारीहरू साथै च्याम्बर अफ कमर्स सिलिगुडी पनि उपस्थिति रहने छ। विभिन्न क्षेत्रका कम्पनीहरू विकसित भएपछि रोजगारका अवसरहरू पनि जुट्ने सम्भावना रहेको भनी विस्तृत रूपमा यसरी जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement