२०२४ मा एसडीएफलाई एसकेएमले रोक्न सक्दैन: एसडीएफ प्रवक्ता

IMG-20231031-WA0213

जोरथाङ: २०२४ मा एसडीएफलाई रोकेर देखाउन सिक्किम डेमोक्रेटिक फ्रण्टका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता जेबी दर्नालले एसकेएम पार्टीलाई चुनौती दिएका छन्। सिक्किमको आजको विकल्प भनेको एसडीएफ र पवन चामलिङ मात्र रहेको अनि एसडीएफ भनेको सिक्किमलाई माया गर्नेहरूको जमात रहेको दर्नालले एउटा कार्यक्रममा मन्तव्य गरे। जोरथाङस्थित पार्टी कार्यालयमा एउटा समन्वय सभालाई सम्बोधन गर्ने कररममा दर्नालले यस्तो मन्तव्य गरेका हुन्। 

‘भारतकै इतिहासमा सफल क्षेत्रीय दल एसडीएफ हो। अहिले चामलिङले माया गरेका मान्छेहरू सबै पार्टी छोड़ेर गएका छन् भने चामलिङ र एसडीएफलाई माया गर्ने दृढ र एकढिक्का भएर पार्टीमा बसेका छन्’, एसडीएफ प्रवक्ताले भने। सिक्किमको प्रमुख विपक्षी दल एसडीएफले आफ्नो पार्टीको गतिविधिलाई तीव्र गर्नुका साथै पार्टीमा बढ्दो सामेलीले एसडीएफ थप गतिशील बन्दै गएको देखिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष केएन राईको अध्यक्षतामा जोरथाङस्थित गरीब उत्थान भवनमा आयोजित समन्वय सभामा पार्टीका पश्चिम जिल्ला प्रभारी सतीश मोहन प्रधान, उपाध्यक्ष जेबी दर्नाल, दक्षिण-पश्चिम प्रचारप्रसार प्रभारी तथा उपाध्यक्ष एमएन दाहाल, टासी पालकी भोटिया, सोरेङ जिल्ला पार्टी सभापति एमएस सुब्बा, सचिव एसआर सुब्बा, पार्टी उपाध्यक्ष डा. एडी सुब्बा, दक्षिण-पश्चिम जिल्ला युवा प्रभारी रविन तामाङ, जीएस रिजाल, कमल शर्मा, चेली मोर्चाको पक्षबाट ज्ञानु सुब्बा, पूर्णिमाया राई अनि पिन्की सिलालको विशेष उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्ने क्रममा दक्षिण-पश्चिम जिल्ला प्रचारप्रसार प्रभारी एमएन दाहालले वर्तमान सरकारको गैर-जिम्मेवारीपनको कारण अहिले सिक्किमले त्रासदी भोग्नु परेको आरोप लगाए। पुनः २०२४ मा यही सत्ता दोहोरिए सिक्किमेले अझ दुःख भोग्नु पर्ने पनि दाहालले टिप्पणी गरे। ‘गैर -जिम्मेवार सरकारलाई सत्ताच्युत गर्न पार्टी कार्यकर्ता र युवा नेतृत्वहरू सबै एकजुट हुनुपर्छ अनि आफ्नो सम्पूर्ण लगाएर पार्टीमा खट्नुपर्छ’, राज्यमा एक स्थापित बुद्धिजीवीको छविसमेत बनाएका दाहालले भने। अर्कोतिर, केन्द्र सरकारमाथि कटाक्ष गर्दै दाहालले बीजेपीको ‘सांस्कृतिक राष्ट्रवाद’ले सिक्किमको समस्या र पहिचानको सम्बोधन हुन नसक्ने पनि ठोकुवा गरे। सभालाई युवा नेताद्वय प्रकाश लकान्द्री र कौशल लोहागण, दक्षिण-पश्चिम युवा प्रभारी रविन तामाङ, सतीश मोहन प्रधान अनि केएन राईले पनि सम्बोधन गरेका थिए। कार्यक्रम अवधि पश्चिम जिल्ला पार्टी प्रभारी सतीश मोहन प्रधानलाई जूम-सालघारी समष्टि प्रभारीको अतिरिक्त कार्यभार अनि युवा नेता प्रकाश लकान्द्रीलाई केन्द्रीय समिति महासचिवको पदभार पनि औपचारिक रूपमा सुम्पिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *