खरसाङमा नयाँ खण्ड विकास अधिकारीलाई स्वागत

IMG-20231031-WA0215.jpg

खरसाङ: आजदेखि खरसाङ खण्ड विकास अधिकारीको रूपमा कौशिक चक्रवर्तीले आफ्नो पदभार सम्हालेका छन्। उनी कालेबुङ जिल्ला अन्तर्गत पेदोङमा खण्ड विकास अधिकारीको रूपमा रहेर खरसाङ स्थान्तरण भएर आएका छन्। खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वास स्थान्तरण भएर कोलकोता गएपछि नयाँ खरसाङ विकास अधिकारीले पदभार सम्हालेका छन्। यस अवसरमा खरसाङ खण्ड विकास कार्यालयमा एक कार्यक्रमबीच नयाँ खण्ड विकास अधिकारीलाई स्वागत जनाइएको छ। नयाँ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीलाई खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, उप सभापति नारायण थापा र अन्य पञ्चायत समितिको सदस्य सदस्याहरू र पञ्चायत सदस्यहरूले स्वागत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement