गान्तोक: सिक्किम राज्यका विभिन्न जिल्लाहरूमा आज राष्ट्रिय एकता दिवस पालन गरियो। नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारले सबै जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई शपत ग्रहण गराए।
नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको राष्ट्रिय एकता दिवसको अवसरमा पुलिस अधीक्षक डा. छिरिङ नामग्याल ग्याछो, महकुमा अधिकारी (मुख्यालय) एनके कार्की लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
यसै क्रममा सोरेङ जिल्लामा पनि राष्ट्रिय एकता दिवस पालन गरिएको छ। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा जिल्लापाल भीम ठटालले सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। यस कार्यक्रममा अतिरिक्त जिल्लापाल (विकास), एएसपी, महकुमा अधिकारी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा गत ४ अक्टोबरको दिन टिस्टा नदीको बाढहको चपेटमा परि ज्यान गुमाउनेहरूको निम्ति एक मिनटको मौन धारण पनि गरियो।
राष्ट्रिय एकता दिवस मनाउने क्रममा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले पनि विभागका सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए।
उल्लेखीय छ, प्रत्येक वर्ष ३१ अक्टोबरको दिन सरदार बल्लभभाई पटेलको जन्म जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवस देशभरिनै पालन गरिन्छ।