गान्तोक: राष्ट्रिय एकता दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनता एवं समस्त देशवासीप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो शुभकामना सन्देशमा उनले राष्ट्रिय एकता दिवस २०२३ को अवसरमा भारतको लौह पुरूषको नामले परिचित सरदार बल्लभभाई पटेलको जन्मजयन्तीको अवसरमा राज्यका जनता र देशवासीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
हाम्रो महान राष्ट्रको एकता र अखण्डताप्रति सरदार पटेलको अथक प्रतिबद्धताको प्रशंसा गर्न उत्साहका साथ यो दिन मनाउने गरेको बताएका छन्। पटेल हामी सबैका लागि प्रेरणाको स्रोत रहेको बताउँदै आज जसरी हामी सरदार पटेलको उल्लेखनीय योगदानलाई स्मरण गर्दछौं, राष्ट्रिय एकता र अखण्डताप्रति हाम्रो प्रतिबद्धता दोहोऱ्याउने गरेको उनको भनाइ रहेको छ।
हाम्रो विविधता हाम्रो शक्ति हो, र हाम्रो विविधताको माझमा एकता र समावेशीताको सिद्धान्तलाई कायम राख्नु हाम्रो कर्तव्य रहेको उनको भनाइ रहेको छ। आफ्नो मतभेदलाई पन्छाएर हाम्रो समाज, राज्य र हाम्रो प्यारो देशको निम्ति मजबुत, अझ समृद्व र सामञ्जस्यपुर्ण भविष्यको लागि समन्वयका साथ काम गर्नुपर्ने मुख्यमन्त्रीले अपील गरेका छन्।
राष्ट्रिय एकता दिवसमा, हामी प्रत्येक नागरिकको आकांक्षा र सपनाको सम्मान र पालनपोषण भएको संयुक्त भारत निर्माणको यात्रा जारी राख्ने प्रतिवद्वता गर्नु पर्ने उनले सुझाउ दिएका छन्।