एसएसबीद्वारा राष्ट्रिय एकता दिवस पालन

9a342a90-22fe-4ae0-b1e5-ed2f8387bdba

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय परिसरमा मंगलबार सरदार वल्लभ भाई पटेलको जन्म जयन्तीको उपलक्ष्यमा राष्ट्रिय एकता दिवस पालन गरिएको जानकारी एसएसबी सुत्रले दिएका छन्। एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमान्डेन्ट दिलीपकुमार सरकारको दिशानिर्देशमा फालाकाटा हाइस्कूलका विद्यार्थीहरूलाई समेटेर रन फर यूनिटीको आयोजना गरिएको थियो भने यसले विभिन्न धर्म सम्प्रदाय, जाति, भेषभुषा, सभ्यता एवम् संस्कृति र सद्भावनासँगै राष्ट्रिय प्रेम र एकताको भावना जागृत हुने लक्ष्य रहेको बताईएको छ।


यसै क्रममा मुख्यालय परिसरमा एसएसबी जवानको टीम, फालाकाटा कलेजको एनसीसीको एउटा प्लाटून र फालाकाटा हाइस्कूलका स्काउटहरूले संयुक्त मार्चपास्ट पनि गरेको थियो। यस क्रममा परेडको कमान एसएसबीका उपनिरीक्षक नरेन्द्र सिंह र नरेन्द्र कुमारले सम्हालेको थियो भने एनसीसीको कमान स्नेहाशीष बर्मन र स्काउटको कमान सायन्तनी सिन्हाले सम्हालेकी थिईन्। परेड पश्चात राष्ट्रिय एकता र सत्यनिष्ठाको शपथ ग्रहण गरिएको थियो भने एसएसबीका उपकमान्डेन्ट हर्ष सिन्हाले सरदार वल्लभ भाई पटेलको जीवनी र तिनको योगदानबारे प्रकास पारिएको थियो।
सरदार वल्लभ भाई पटेलको सम्मानमा गुजरातके नर्मदा नदी किनारी संसारको सबै भन्दा अग्लो सालिकको निर्माण गरिएको र यसले एकताको शक्ति प्रतिक देखाएको बताए। कार्यक्रममा एसएसबीका सहायक कमान्डेन्ट अशोक राय, स्थानीय गणमान्य व्यक्तिगण एवम् विद्यालयका शिक्षकगण र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement