कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी ५० दिनसम्म आराम गरेपछि मंगलवार सचिवालय पुगिन्। मुख्यमन्त्री मंगलवार बिहान लगभग ११.३० बजी पुगिन्। यद्यपि, आज उनलाई धेरै हिँड़ेको देखिएन। उनी यति लामो समयपछि सचिवाल गएकोले सुरक्षा स्वाभाविक रूपमा कड़ा थियो। मुख्यमन्त्रीलाई खुट्टामा समस्या भएको कारण कुनै असुविधा नहोस् यो पनि सुनिश्चित गरिएको थियो। राज्यका मन्त्री ज्योतिप्रिय मल्लिकलाई अहिले पक्राउ गरिएको छ। उनले सम्हालिरहेका कार्यालयहरूको कार्यभार बाँड़िने मामिला छ। यस बाहेक आगामी महिना राज्य क्याबिनेटको बैठक छ। सूत्रहरू अनुसार, मुख्यमन्त्रीले यी मुद्दाहरूमा चर्चा गरेकी छन्। उल्लेख्य, सीएम स्पेन यात्रामा घाइते भएकी थिइन्। तबदेखि उनी बेड रेस्टमा थिइन्।
-हिस