खरसाङ: खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वास खरसाङबाट कलकता सरूवा भएको जानकारी प्राप्त भएको छ। खरसाङ खण्ड विकास अधिकारी सरूवा भएपछि आज खरसाङ विकास कार्यालयमा बिदाई समारोह आयोजना गरिएको थियो। उक्त बिदाई समारोहमा खरसाङ खण्ड पञ्चायत समितिको निर्वाचित पदाधिकारीहरूद्वारा बिदाई दिइएको छ। यस अवसरमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, उप सभापति नारायण थापा, सभासदद्वय श्याम शेर्पा र नवराज छेत्री साथै पञ्चायत समितिको निर्वाचित सदस्यहरू उपस्थित भएर खदार्पण गरी खरसाङ खण्ड विकास अधिकारीलाई बिदाई दिइएको छ।

यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरू, सम्पूर्ण कर्माध्यक्ष, सदस्य, कार्यालयका सचिव, ईए र सम्पूर्ण कर्मचारीहरूद्वारा पनि खदा माला लगाएर बिदाई दिइएको छ भनी भागोप्रमो खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव उत्तम दास प्रधानले जानकारी दिएका छन्।