खरसाङ: खरसाङको वर्तमान विधायकलाई सबैले जिताएर पठाएको हो। तर जनताको केही काम गरेको छैन अनि देखा पनि परेको छैन भनी बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आरोप लगाएका छन्। उनले आज खरसाङमा पत्रकारहरूसित कुुराकानी गर्दै खरसाङको विधायकको नाम नलिइकन सबै जनताले जिताएल पठाएको हो तर बगान बन्द हुँदा देखा पर्दैन। बर्खामा पैह्रो जाँदा पनि थाहा हुँदैन भनी आरोप लगाएका छन्। उनले विधायकले केवल सांसदके पछि लागेर घरि घरि टोकिरहने बताउँदै सांसदले नै टिकट दिलाएर विधायक बनायो, नाम कमायो अनि सबैले भाजपा विधायक भनेर चिन्छ तर उनै सांसद र भाजपाको नै खोइरो खन्छ भनी गम्भीर आरोप लगाएका छन्। रिम्पोर्छेले अघि भने, खरसाङमा जनतालाई ठूलो ठूलो वादा गरेको छ, आशा देखाएको छ तर भोट जितेर देखा पर्दैन साथै जनताको केही काम पनि गर्दैन। म कुनै पार्टीको मान्छे होइन तर धर्म गुरु भएको नाताले मानिसहरू म भएकोमा आउँछ र सहयोग गर्छु।’ उनले अझ भने, विधायक फण्ड पुरा आउँछ अनि बर्खामा ट्रिपलहरू पुरा आउँछ र खोई कता लग्यो? बगान बन्द हुन्छ खोई विधायक? लुगाहरू पनि आउँछ तर खोई वितरण गरेको? बरू दार्जिलिङको विधायकले काम गर्दैछ अनि खरसाङ क्षेत्रमा आएर पनि सहयोग गर्छ तर खोई हाम्रो खरसाङको विधायक?’
विधायक फण्ड आए केही काम नगरेको आरोप लगाउँदै सबैले जिताएर पठाएको विधायक भए पनि जनताको लागि काम नगरेको र जनतालाई दु:ख पर्दा उपस्थित नरहेको पनि आरोप लगाएका छन्।