खरसाङ: खरसाङको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर टिस्टाको प्राकृतिक प्रकोपलाई अहिलेसम्म डिजास्टर भनेर घोषणा नगरिएको र यस विषयमा जीटीएले पनि डिजास्टर भनेर घोषणा गर्न नचाहेको आरोप लगाएका छन्। उनले जीटीएले डिजास्टर भनेर सही रिपोर्ट राज्यलाई पठाएर बंगाल सरकारले पनि यसलाई डिजास्टर भनेर घोषणा गरेको भए फण्ड आउने थियो होला भनी बताएका छन्। पेम्बा रिम्पोर्छेले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, हुन त जीटीए प्रमुखले सही काम गर्दैछ कारण उनी सरकारको मान्छे हो, सरकारले जिताएको हो। तर यस्तो मूर्ख प्रकारले काम गरेर पनि हुँदैन कारण टिस्टामा बाढ आयो भन्दैमा बलुवा सोरेर मात्र हुँदैन। तर सही रूपमा काम गर्नु पर्नु पर्ने हुन्छ।’ उनले जीटी रिलिफ फण्ड विषयमा बोल्दै भने, जीटीए रिलिफ फण्ड होइन तर यो त श्रमिक रिलिफ फण्ड हो। श्रमिकहरूलाई दिनु भनेर उठाएको रकम जसमा हामी सबैले दिएका छौं अनि यसमा श्रमिकहरूले पनि दिएका छन्। तर यो बन्द बगानको श्रमिकहरूलाई मात्र वितरण गरेर हुँदैन तर सबैलाई वितरण गरिनुपर्छ। अहिले रिलिफ फण्डलाई लिएर राजनीति मात्र हुन्छ।’
बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले टिस्टा आपदामा आफ्नै खर्चमा १० वटा घर निर्माण गरिदिने पनि घोषणा गरेका छन्। उनले सांसद राजु विष्टले पनि काम गरिरहेको पनि बताएका छन्।