कोलकाताः पश्चिम बंगालमा करोड़ौं रूपियाँको राशन वितरण मामिलाको मुख्य आरोपित बकीबुर रहमानसित सोधपुछ र जाँचमा धेरै खुलासा भएको छ। जानकारी अनुसार, ज्योतिप्रिय मल्लिक खाद्य मन्त्री रहँदा पूरा खाद्य विभागलाई आफ्नो भ्रष्टाचारमा सामेल गर्नका लागि उसले फिल्म बनाएको थियो। त्यस फिल्ममा खाद्य विभागका कर्मचारीहरूबाट कथा, डायलग लेखाइयो र अभिनय गराइएको थियो।
नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीकी महिला मित्र अर्पिता ब्यानर्जीले पनि फिल्ममा अभिनय गरिसकेकी छन्। यस भ्रष्टाचारमा सहयोगीको रूपमा राज्यद्वारा निर्मित एक बंगाली फिल्ममा विवाद थप गहिरिन्दै गइरहेछ किनभने फिल्मको निर्देशक र उपन्यासको लेखक राज्यको खाद्य एवं आपूर्ति विभागका वर्तमान र पूर्व कर्मचारी हुन्। २०१४ मा रिलीज भएको फिल्म ”मेन्ग्रोव” राज्यका खाद्य एवं आपूर्ति विभागका पूर्व अतिरिक्त निदेशक पार्थसारथी गायेनद्वारा लिखित उपन्यासमाथि आधारित छ। फिल्मको निर्देशक सौरभ मुखर्जी हुन्, जो त्यही विभागको वर्तमान कर्मचारी हुन्।
अर्पिता मुखर्जी, पश्चिम बंगालका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीकी करीबी सहयोगी र शिक्षक नियुक्ति मामिलामा मुख्य आरोपित फिल्मको मुख्य भूमिका छन् भन्ने जानकारी अघि आएपछि यो फिल्म विवादहरूमा घेरिएको छ। फिल्ममा बलीवुड एक्ट्रेस राखी सावन्त पनि नजर आइन्। फिल्मको प्रीमियरमा पार्थ चटर्जी स्वयं उपस्थित थिए। चटर्जी र मुखर्जी दुवै स्कूल नौकरी मामिलामा कथित संलिप्तताको कारण अहिले न्यायिक हिरासतमा छन्। अब यस नयाँ खुलासापछि पूरा खाद्य विभाग जाँचको परिधिमा आएको छ।
-हिस