मेस्सी आठौं पटक बालोन डी’ओर अवार्डबाट सम्मानित, ट्रफी जित्ने पहिलो एमएलएस खेलाडी बने

Untitled-1-copy-16

चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले फेरि एकपटक प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन्। मेस्सीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्। मेस्सी बालोन डी’ओर अवार्ड जित्ने पहिलो एसएलएस खेलाडी बने। इन्टर मियामीका मालिक तथा फुटबल लिजेण्ड डेभिड बेकह्यामले मेस्सीलाई यो सम्मान दिएका छन्। लियोनल मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा बालोन डी’ओर अवार्ड जितिसकेका छन्।
बालोन डी’ओर अवार्ड कति विशेष छ जान्नुहोस्
तपाईलाई भनौं, बालोन डी’ओर फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जुन व्यक्तिगत खेलाडीलाई दिइने सम्मान हो। फुटबल क्लब र राष्ट्रिय टोलीका खेलाडीलाई उत्कृष्ट प्रदर्शनको आधारमा हरेक वर्ष यो अवार्ड दिइन्छ।
विश्वका उत्कृष्ट पुरुष र महिला फुटबल खेलाडीहरू मात्र यसको योग्य छन्।
सन् १९५६ देखि हरेक वर्ष पुरुषहरूलाई उत्कृष्ट प्रदर्शनको लागि यो पुरस्कार प्रदान गरिन्छ।
उत्कृष्ट महिला खेलाडीलाई बालोन डी’ओर दिने चलन सन् २०१८ देखि सुरु भएको हो।
सन् २०२० मा कोभिड महामारीका कारण अवार्ड दिन सकिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement