रघुवर दास ओडिशाका २६औं राज्यपालका

IMG_20231031_142907_183-750x430.jpg

भूुवनेश्वर: झारखण्डका पूर्व मुख्यमन्त्री रघुवर दासले मङ्गलवार ओडिशाका २६औं राज्यपालका रूपमा शपथ ग्रहण गरे। ओडिशा उच्च न्यायालयका कार्यवाहक मुख्य न्यायाधीस विद्युत रञ्जन षडंगीले उनलाई राजभवनको नयाँ हलमा आयोजित एक कार्यक्रममा पद अनि गोपनियताको शपथ दिलाए।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री नवीन पटनायक, केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधान, विधानसभा अध्यक्ष प्रमिला मलिक, राज्य मन्त्रीपरिषदका सदस्य, राज्यका मुख्य सचिव समेत केही गणमान्यहरू उपस्थित थिए। शपथ ग्रहण पश्चात राज्यपाल रघुवर दासलाई गार्ड अफ् अनर प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement