१८ जुलाईः ईंग्ल्याण्ड टेस्ट टीमका कप्तान तथा शीर्ष अलराउण्डर बेन स्टोक्सले सोमवार वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। उनले मंगलवार दक्षिण अफ्रिका विरुद्ध आफ्नो अन्तिम वनडे म्याच खेल्नेछन्। स्टोक्सले ट्वीट गरेका छन्, म ईंग्ल्याण्डको निम्ति आफ्नो अन्तिम वनडे क्रिकेट म्याच मंगलवार डरहममा खेल्नेछु। मैले यस प्रारूप (फर्मेट)-बाट सन्न्यास लिने फसेला गरेको छु। यो मेरो निम्ति मुश्किल निर्णय रह्यो। मैले आफ्ना साथीहरूसँग ईंग्ल्याण्डको निम्ति खेल्दै हरेक मिनटको आनन्द लिएँ। हाम्रो यात्रा असाधारण रह्यो। स्टोक्सले २०११-मा आयरल्याण्ड विरुद्ध आफ्नो वनडे पदार्पण (डेब्यू) गरेका थिए अनि उनले १०५ वटा वनडे म्याचमा तीनवटा शतकसहित २९१९ रन बनाए। यसको साथमा उनले ७४ विकेट पनि लिए। उनले गत ग्रीष्मकालमा पाकिस्तान विरुद्ध ३-०-ले सीरीज जीतको अवधि वनडे टीमको कप्तानी पनि गरेका थिए। यसको साथमा ३१ वर्षीय स्टोक्स २०१९ विश्व कप फाइनलमा प्लेयर अव् द म्याच पनि रहेका थिए। न्यूजील्याण्ड विरुद्ध लर्डसमा खेलिएको त्यस फाइनलमा जीतको साथ ईंग्ल्याण्ड पहिलोपल्ट वर्ल्ड कप विजेता बनेको थियो।