पश्चिम बंगालमा कलेज भर्ना लिएर धाँधली भइरहेको विधायक शङ्कर घोषको आरोप

IMG-20231031-WA0176.jpg

सिलगढी: सिलगढी लगायत पश्चिम बङ्गालको विभिन्न कलेजहरूमा भर्नालाई लिएर तृणमूल छात्र संगठनले धाँधली गरिरहेको आरोप सिलगढीका विधायक शंकर घोषले लगाएका छन्। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस प्रकारको आरोप लगाएका हुन्। विधायक शंकर घोषले बताएअनुसार छात्र संगठनद्वारा कलेजमा भर्नाको लागि प्रत्येक छात्रबाट २५० रुपियाँ अतिरिक्त लिइरहेको छ। कलेजमा छात्र चुनाउ धेरै समय अघिदेखि बन्द रहेकोले अतिरिक्त रुपियाँ लिने कुनै कुरै छैन। यस मामिलामा भ्रष्टाचार पनि गरिरहेको छ। यसको साथै तिनले राज्य सरकार तथा राज्यका मन्त्रीहरूविरुद्ध आवाज उठाए। पश्चिम बंगाल सरकारको आरटीआई वेबसाइटमा कुनै जानकारी नदिएकोले गर्दा साधारण मानिसहरूले शिक्षा सम्बन्धित कुनै पनि जानकारी सजिलै प्राप्त गर्न नसकेको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement