कोलकता: कलेज र विश्वविद्यालयहरूमा अनलाइन भर्ना प्रक्रिया आज, जुलाई १८ बाट सुरु हुँदैछ। विद्यार्थीलाई कलेज र विश्वविद्यालयमा आउन नपर्ने, भर्ना प्रक्रिया अनलाइन हुने, त्यसको तयारी पूरा भएको छ। राज्यको उच्च शिक्षा विभागले स्नातक र स्नातकोत्तर तहमा भर्ना सुरु गर्ने मिति र प्रक्रियाबारे विज्ञप्ति जारी गरिसकेको छ।
कलेज र विश्वविद्यालयमा भर्ना योग्यताका आधारमा गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ। भर्ना प्रक्रियामा कुनै पनि विद्यार्थी कलेज वा विश्वविद्यालयमा उपस्थित हुन पाउने छैनन्। भर्ना शुल्क अनलाइन मात्रै तिर्नुपर्नेछ। भर्नाका लागि छनोट भएका विद्यार्थीहरूलाई इमेल र हुलाकबाट पत्र पठाएर आफू छनोट भएको जानकारी गराउन निर्देशन दिइएको छ। योग्यताका आधारमा भर्ना हुनेछ।