भारतलाई अखण्ड औ सशक्त बनाउनमा सरदार पटेलको महत्वपूर्ण भूमिका रहेको छ: शाह

himachal-pradesh-elections-amit-shah-takes-many-cm-faces-jibe-at-congress-in-himachal-says-its-party-of-raja-ranis.webp

नयाँ दिल्ली: देशका केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले भने, भारतलाई अखण्ड एवं सशक्त बनाउनमा देशका पहिलो गृहमन्त्री सरदार वल्ल्भभाई पटेलको महत्वपूर्ण भूमिका रहेको छ।

शाहले मङ्गलवार सरदार पटेलको जयन्तीमा दिल्लीमा आयोजित ”एकता दौड़”-लाई हरियो झण्डा देखाउँदै भने, हामीले सरदारले देखेका सपनाको भारत बनाउनुपर्छ। हामीले कुनै पनि स्थितिमा राष्ट्रलाई एक बनाएर राख्नुपर्छ अनि हरेक क्षेत्रमा देशलाई सशक्त बनाउनुपर्छ।

शाहले भने, अङ्ग्रेजहरूले यस देशलाई टुक्रा-टुक्रामा विभाजन गर्ने षड़यन्त्र गरेका थिए, तर सरदार पटेलले यसलाई विभाजन हुन दिएनन्। अङ्ग्रेजहरूले भारत छोड़ेर जाँदा हामीलाई 550 शाही राज्यहरूमा विभाजन गरेर गएका थिए। तर सरदार पटेलले केही दिनभित्रै यी राज्यहरूलाई एकताको धागोमा बाँधे अनि भारत माताको एक सुन्दर मानचित्र बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

शाहले दिल्लीमा सरदार वल्लभभाइ पटेलको जयन्तीमा आयोजित ”रन फर यूनिटी”-लाई पनि झण्डा देखाएर प्रस्थान गराए। यस अवधि उनले दौड़मा भाग लिएका प्रतिभागीहरूलाई राष्ट्रिय एकताको शपथ पनि दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement