मणिपुरका राज्यपाल ला. गणेशनलाई राज्यको राज्यपालको रूपमा अतिरिक्त प्रभार

La-Ganesan-1629624570.jpg

भाजपा विधायक शुभेन्दु अधिकारीद्वारा स्वागत

कोलकता: जगदीप धनखड़लाई उपराष्ट्रपति पदको निम्ति मनोनीत गरिएको छ। त्यसपछि मणिपुरका राज्यपाल ला. गणेशनलाई पश्चिम बंगालको राज्यपालको रूपमा अतिरिक्त प्रभार दिइएको छ। वरिष्ठ भाजपा विधायक एवं विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले यसको स्वागत जनाएका छन्। सोमवार बिहान तिनले ट्वीट गरे, ‘मणिपुरका राज्यपाल ला गणेशनलाई पश्चिम बंगालको राज्यपालको रूपमा कार्यभार ग्रहण गरेकोमा बधाई। विपक्षको नेताको रूपमा म तपाईको हृदयबाट स्वागत जनाउँदछु र म तलाईलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिँदछु’।
उल्लेख्य, एनडीएको तर्फबाट भाजपा अध्यक्ष जेपी नड्डाले शनिवार राति पश्चिम बंगालका निवर्तमान राज्यपाल जगदीप धनखड़लाई उपराष्ट्रपति पदको निम्ति उम्मेदवारको रूपमा घोषित गरे। त्यसपछि धनखड़ले आफ्नो राजीनामा राष्ट्रपति रामनाथ कोविन्दलाई पठाएका थिए। आइतवार अबेर साझँ राष्ट्रपति भवनको तर्फबाट बयान जारी गरी बताइयो, धनखड़को राजीनामा स्वीकार गरिएको छ। उनको स्थानमा मणिपुरका राज्यपाल ला गणेशनलाई पश्चिम बंगालको राज्यपालको अतिरिक्त कार्यभार दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement