भारत–बंगलादेश सीमा मालदाबाट आग्नेय शास्त्र बरामद, एक पक्राउ

IMG-20231031-WA0154.jpg

मालदा: सीमा रक्षकहरूले बंगलादेशमा तस्करी गर्न लागिरहेको समय आग्नेय शास्त्र बरामद गरेको छ।भारत–बंगलादेश सीमाको पियाजबारी क्षेत्रबाट उक्त आग्नेय शास्त्र बरामद भएको हो। एक पाइप गन र ४ राउण्ड कारतूस बरामद भएको छ। बीएसएफले बताएका छन् कि सीमा सुरक्षामा ७० बटालियनका जवानहरूलाई देखेपछि तस्करहरूले गोली चलाएका थिए। अर्कोतर्फ, मालदाको कालियाचकबाट फेरि बन्दुक बरामद भएको छ। गोप्य स्रोतबाट सूचना पाएपछि कालियाचक पुलिस थानाले सोमबार राति जादुपुरको हातखोला क्षेत्रमा छापा मारेको थियो। पुलिसले त्यहाँ छापा मारेर तफिजुद्दीन शेख नामका युवकलाई पक्राउ गरेको थियो। उनको साथबाट एक थान पाइपगन, २ राउण्ड कारतूस र एक थान मोबाइल बरामद भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement