मंगन: मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीले सरदार वल्लभभाई पटेलको जयन्तीको अवसरमा आज बिहान पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा ‘राष्ट्रिय एकता दिवस’काे शपत दिलाए।
राष्ट्रिय एकता दिवस आज देशव्यापी रुपमा मनाइँदैछ। सो अवसरमा सरदार वल्लभभाई पटेलको परोपकारी आदर्श र राष्ट्रिय एकताप्रतिको उनको प्रतिबद्धतालाई सम्मान गर्न शपत दिलाइयो। मंगन जिल्लाका सबै महकुमाहरूमा पनि सो दिवस पालन गरिएको जानकारी आईपीआर विभागले दिएको छ।
यस अवसरमा जिल्लापाल लगायत एडीसी, एएसपी, एसडीएम तथा विभिन्न विभागीय प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।