मुख्यमन्त्रीले दिए दुई समर्पित पार्टी कार्यकर्ताहरूलाई वाहन

n5522261241698739882219bd14f458e015411f595a5c532ab8b31d3c6153312570a6673a09e2f0e74af0b8.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम पार्टीका दुई समर्पित कार्यकर्ताहरूलाई समर्थन स्वरूप वाहन प्रदान गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।

मुख्यमन्त्रीले लोअर तिन्कितामका मनबिर राई र दलेप, क्युजिङका शुलेमान राईसॅंग भेट्न पाउॅंदा खुशी लागेको बताएका छन्। उनीहरूको आजीविका आर्जनमा सहयोग गर्ने लक्ष्य राख्दै समर्थन स्वरूप एक-एकवटा वाहन प्रदान गरेको पनि उनले बताएका छन्।

मुख्यमन्त्रीले दुवैको सफलता र भविष्यका प्रयासहरूमा आत्मनिर्भताको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement